birat ribon

मानसिक रोगीलाई हेला गर्नु हुँदैन : डाक्टर शिखा

Neuro
मानसिक रोगीलाई हेला गर्नु हुँदैन : डाक्टर शिखा
डा. शिखा उपाध्याय

विराटनगर / मनोचिकित्सा (साइक्याक्ट्री)अन्तर्गत पर्ने डिप्रेसन एक मानसिक रोग हो, जसलाई मुड डिसअर्डर पनि भनिन्छ ।
डिप्रेसन भएका मानिसको मुडमा परिवर्तन हुने हुन्छ । साइकोसिस र न्युरोसिस गरी साइक्याट्रीलाई दुई भागमा विभाजन गरिएको छ । न्युरोसिसमा साधारण, हेर्दा पूरै स्वस्थ देखिएको मान्छे, जसको भित्र–भित्र भइरहेको समस्या जबसम्म उसले व्यक्त गर्दैन तबसम्म अन्य मानिसलाई थाहा हुँदैन । साइसोसिमा भने मानिस वास्तविकतासँग जोडिएको हँुदैन । जसकारण उक्त मानिसले बोलेको, गरेको काम सबैलाई असामान्य लाग्ने गर्छ ।

मानिसमा डिप्रेसन र एन्जाइटी भनेको एकै प्रकारको समस्या हो भन्ने साधारण बुझाइ छ । डिप्रेसन र एन्जाइटी न्युरोसिसमा पर्ने भएका कारण लगभग उस्तै लाग्न सक्छ । यसमा मानिस वास्तविकतासँग जोडिएको हुने हुँदा बिरामीलाई समस्या भएको वा अफ्ठ्यारो भएको थाहा हुन्छ । कुनै–कुनै मानिसमा समस्या हल्का हुँदा एन्जाइटी हुने र बिस्तारै बढ्दै गएर डिप्रेसन हुने वा साइकोसिसतिर पनि जान सक्छ ।

cura insider

बायोलजिकलमा शारीरिक बनावट, आनुवांशिकी, पारिवारिक इतिहास, मस्तिष्कका हुने रसायन (न्युरोट्रान्समिटर), थाइरोइड हर्मोन, मधुमेह, प्रेसरलगायतका शारीरिक रोगसँग सम्बन्धित हुन्छ ।

मानिसक समस्या हुनका लागि बायोलजिकल, सोसल र साइकोलोजीको पाटोले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुन्छ । बायोलजिकलमा शारीरिक बनावट, आनुवांशिकी, पारिवारिक इतिहास, मस्तिष्कका हुने रसायन (न्युरोट्रान्समिटर), थाइरोइड हर्मोन, मधुमेह, प्रेसरलगायतका शारीरिक रोगसँग सम्बन्धित हुन्छ । साइकोलोजीमा मानिसले समस्यासँग कसरी जुझ्ने भन्ने कुरामा निर्भर हुन्छ ।

सबै मानिसको जीवनमा कुनै न कुनै बेला तनाव, चिन्ता भएको हुन्छ । कसैले ती समस्यालाई सजिलै समाधान गर्न सक्छन् भने कोहीले समस्यासँग हार खाने वा कोहीले सुरुमा नसके पनि पछि गएर समस्यासँग जुझ्न सक्ने हुन्छ ।

त्यस्तै, सोसल वा सामाजिक कारणमा आफ्नो वरिपरिको मानिसको भूमिका हुन्छ । परिवारले समस्या नबुझ्दा वा सहयोग नगर्दा, परिवार नै तनावको मुख्य कारण भएमा मानसिक समस्या हुनसक्छ । डिप्रेसन वा एन्जाइटी भएको मानिसले आफूलाई डिप्रेसन, एन्जाइटी भएको थाहा पाउन सक्छ । तर, परिवार, साथीभाइ तथा आफन्तले पनि उसको व्यवहारमा परिवर्तन भएको महसुस गर्न वा देख्न सक्छन् ।

डिप्रेसनको समस्या भएको मानिस धेरै समय निराश रहने, मन उदास रहिरहने, सानो–सानो कुरामा रिसाउने हुन्छ । साथै, कम बोल्न थाल्ने, एक्लै बस्न मनपराउने, भिडभाडमा पनि रमाइलो नलाग्ने, धेरै जना बोल्दा वा आवाज सुन्दा रिस उठ्ने, पहिलाभन्दा धेरै रिसाउने, झर्किने, पहिलाजस्तो घुलमिल नगर्ने, पहिला सधैँ गर्न मन लाग्ने कामहरूबाट रुचि हराउँदै जाने हुन्छ ।

तथ्याङ्कअनुसार अधिकांश आत्महत्या गर्ने मानिसमा कुनै न कुनै मानसिक समस्या भएकै हुन्छ । अधिकांश आत्महत्या गर्ने मानिसमध्ये कसैलाई स्रिजोफ्रेनिया भएको हुने, बाइपोलर डिसअर्डर भएको, लागुऔषध प्रयोगको इतिहास भएको वा कसैलाई डिप्रेसन भएको हुनसक्छ ।

एन्जाइटीमा भने धेरै डरलाग्ने हँुदा मानिसहरू एकान्तमा भन्दा धेरै मानिसको वरिपरि बस्न रुचाउँछन् वा कसैले उनीहरूलाई एक्लै नछोडिदियोस् जस्तो लाग्ने हुन्छ । यसबाट पनि एन्जाइटी वा डिप्रेसन भएको छुट्याउन सकिन्छ । तर, एउटै बिरामीलाई डिप्रेसन र एन्जाइटी दुवै पनि हुनसक्छ । कहिलेकाहीँ डिप्रेसन भएको मानिसलाई एन्जाइटी हुने र एन्जाइटी भएको मानिसलाई डिप्रेसन पनि हुन्छ ।

त्यस्तै, गम्भीर अवस्थामा पुगेका बिरामीले आत्महत्याको कुरा गर्ने, आत्महत्याको बारेमा इन्टरनेटमा खोज्ने, दिनभरि ओछ्यानमा बसिराख्ने, केही काम गर्न मन नलाग्नेलगायतका परिवर्तन देखिने हुन्छ । आत्यमहत्या गर्ने मानिसलाई सुरुमा डिप्रेसन हुनै पर्छ वा आत्यमहत्या गर्ने सबै कारण डिप्रेसन हो भनेर भन्न मिल्दैन ।

तर, तथ्याङ्कअनुसार अधिकांश आत्महत्या गर्ने मानिसमा कुनै न कुनै मानसिक समस्या भएकै हुन्छ । अधिकांश आत्महत्या गर्ने मानिसमध्ये कसैलाई स्रिजोफ्रेनिया भएको हुने, बाइपोलर डिसअर्डर भएको, लागुऔषध प्रयोगको इतिहास भएको वा कसैलाई डिप्रेसन भएको हुनसक्छ ।
समाजमा मानसिक समस्याको बारेमा कुरा गर्नु हुँदैन वा मानसिक समस्या भएको मानिसलाई हेला गर्ने गरिन्छ । जसकारण डिप्रेसन, एन्जाइटी वा अन्य कुनै मानसिक समस्या भएमा मानिसहरू खुलेर आफ्नो समस्या अरूलाई भन्न वा डाक्टरकोमा जान रुचाउँदैनन् । समाजमा मानसिक रोग लागेका मानिसलाई पागल भन्ने धारणा हुन्छ । जसकारण धेरै मानिस आफ्नो समस्यालाई खुलेर व्यक्त गर्न सकिरहेका छैनन् ।

एन्जाइटी, डिप्रेसन वा मानसिक समस्या भएको मानिसले अन्य सामान्य मानिसजस्तै दिन बिताए पनि, काम गरिरहे पनि काममा, परिवारमा तथा साथीभाइहरूले हेला गर्ने गरेको पाइन्छ । बिनाकारण डर लाग्ने, मुटुको धड्कन बढ्ने, निद्रामा हुने समस्यालाई मानिसले मानसिक समस्या भएको भन्दा हेला हुने डरले यस्ता समस्यालाई गलत तरिकाले (रक्सी वा लागुऔषधको सहयता) निवारण गर्ने उपाय खोजिरहेका हुन्छन् । मानसिक रोग अन्य रोगजस्तै हो ।

कसैलाई मधुमेह हँुदा वा अन्य समस्या हँुदा हेला गरिँदैन भने मानसिक रोग हुँदा पनि हेला गर्न मिल्दैन । डिप्रेसन, एन्जाइटीलगायतका अन्य मानसिक समस्यालाई घटाउन वा न्यूनीकरण गर्नका लागि परिवार, समाज तथा साथीभाइको भूमिका महत्त्वपूर्ण हुन्छ । डिप्रेसन, एन्जाइटीलगायतका अन्य मानसिक समस्या भएको मानिसको व्यवहारमा परिवर्तन आएमा के कस्तो समस्या छ भनेर सोध्ने वा कसैले आफ्नो समस्या सुनाउँदा हेला गर्नु वा हाँस्नुभन्दा पनि समस्यालाई बुझेर, कसरी मद्दत गर्न सकिन्छ भनेर सोधेर समस्याको समाधान खोज्नुका साथै डाक्टरकै परामर्श चाहिएमा डाक्टरकोमा जान सल्लाह दिने वा लानुपर्ने हुन्छ ।

हाम्रो समाजमा धेरैजसो बिरामीले आफूलाई सामान्य मानिसजस्तो बनाउन वा आफूले जति सक्ने प्रयास गर्दागर्दै पनि नसकेको कारण मात्र अस्पताल आउने गरेको पाइन्छ । त्यसैले डाक्टरको सल्लाहअनुसार परामर्श वा औषधि उपचार कुन उपयुक्त हुन्छ बुझेर समयमा उपचार गर्नुपर्ने हुन्छ ।

समाजमा यस रोगबारे मानसिकता परिवर्तन गरी जनचेतना बढाएमा मानसिक समस्या भएका मानिस आफ्नो समस्या खुलेर व्यक्त गर्न सक्ने हुन्छन् । र, मानसिक रोगका बिरामी अगाडि आउन पनि जरुरी हुन्छ । कुनै पनि समस्याको समाधान जति चाँडै गर्न सकियो त्यति नै राम्रो हुन्छ । लामो समयसम्म समस्या लुकाएर राखेमा अन्य रोग जस्तै जति पुरानो हुन्छ, त्यति उपचार गर्न कठिन हुँदै जान्छ ।

समाजमा एन्जाइटी, डिप्रेसन वा मानसिक समस्या भएका मानिसलाई औषधि उपचार गर्नुभन्दा पनि सल्लाह दिने, प्रेरणादायक कुरा भन्ने, सम्झाउनुपर्ने भन्ने मानिन्छ । तर, कुनै पनि मानसिक समस्या भएका मानिसमा सबैभन्दा पहिला रोगलाई हल्का, मध्यम र गम्भीर भनेर छुट्याइने गरिन्छ । समस्या हल्का भएमा सल्लाह दिने, प्रेरणादायक कुरा भन्ने, सम्झाउनुपर्ने हुन्छ । यो पनि उपचारको एक पाटो हो । यसमा साइकोलोजिस्टहरूको परामर्श लिन सकिन्छ ।

समस्या मध्यम वा गम्भीर भएका औषधि उपचार गर्नुपर्ने हुन्छ । जुन पनि रोग लामो समयसम्म पालिरहेमा त्यति नै बढ्ने वा खराब हँुदै जाने हुन्छ । हाम्रो समाजमा धेरैजसो बिरामीले आफूलाई सामान्य मानिसजस्तो बनाउन वा आफूले जति सक्ने प्रयास गर्दागर्दै पनि नसकेको कारण मात्र अस्पताल आउने गरेको पाइन्छ । त्यसैले डाक्टरको सल्लाहअनुसार परामर्श वा औषधि उपचार कुन उपयुक्त हुन्छ बुझेर समयमा उपचार गर्नुपर्ने हुन्छ ।

दिमागमा भएको रसायन (न्युरोट्रान्समिटर) परिवर्तन हुँदा पनि मानसिक रोग देखिन्छ । जसकारण उपचारमा दिएको औषधिले दिमागमा भएको रसायनको मात्रालाई नियन्त्रण गर्ने हुन्छ । औषधि र परामर्शले बिरामीको जीवनमा सुधार ल्याई सामान्य मानिसजस्तै नियमित काममा जाने वा काम गर्न सक्ने, रमाइलो गर्न सक्ने र व्यक्तिलाई सामान्य जीवन बिताउन सहयोग पुर्‍याउँछ ।

डा. शिखा उपाध्याय विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा कार्यरत मनोचिकित्सक, हुन् ।

jackson ribon