birat ribon

विराटनगरबाट हराएका बालक सिङ्घिया खोलामा मृत फेला

Neuro
विराटनगरबाट हराएका बालक सिङ्घिया खोलामा मृत फेला

विराटनगर / विराटनगरबाट शनिबार साँझदेखि हराइरहेका एक बालक आज बिहान विराटनगरकै सिङ्घिया खोलामा मृत फेला परेका छन् ।

विराटनगर महानगरपालिका–८ हाटखोला घर भएका ७ वर्षीय उलब बस्नेतको शव खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुुर राईले बताए । उनका अनुसार उपेन्द्र बस्नेतका छोरा उलब शनिबारबाट हराइरहेका थिए ।

cura insider

उपेन्द्र नेपाल प्रहरीमा कार्यरत छन् । केही साथीहरुसँग खेल्ने क्रममा बालक खोलामा पुगेको र डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको बताउँदै डिएसपी राईले घटनाका बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको जानकारी दिए ।

jackson ribon