birat ribon

प्रदेशसभा बैठक : मुख्यमन्त्रीको सम्बोधनपछि अन्त्य गर्ने सत्ता पक्षको तयारी, प्रतिपक्षले अवरोध गर्ने

Neuro
प्रदेशसभा बैठक : मुख्यमन्त्रीको सम्बोधनपछि अन्त्य गर्ने सत्ता पक्षको तयारी, प्रतिपक्षले अवरोध गर्ने

विराटनगर / प्रदेश १ सरकारले सातौँ तथा हिउँदे अधिवेशन मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अन्त्य गर्ने तयारी सरकारले गरेको छ । प्रतिपक्षले अवरोध गरेपछि प्रदेश सरकारले अधिवेशन अन्त्यको तयारी गरेको हो ।

गत माघ ७ गतेबाट सुरु भएको अधिवेशनको आठौँ बैठक आज (आइतबार) दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्रीले विषेश समय लिएर बोल्ने तयारी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले बताए । तर आजका लागि बोलाइएको बैठक पनि प्रतिपक्षी दलहरुले अवरुद्ध गर्ने तयारी गरेका छन् ।

cura insider

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दलहरुले उठाएको माग सम्बोधन गर्न मुख्यमन्त्रीले चासो नदेखाएकाले बैठक अवरुद्ध गरिने बताए । गत सोमबार बसेको सातौँ प्रदेशसभा बैठक नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अवरुद्ध पारेका थिए । ‘माग सम्बोधनका लागि सरकारले छलफल गरेको छैन,’ आङ्बो भन्छन्,‘ प्रतिपक्षीले उठाएका सवालको सम्बोधन हुनुपर्छ ।’

जारी हिउँदे अधिवेशनमा प्रतिपक्षी दलहरुले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सूचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका वहुवर्षे विकास आयोजनाको काम सञ्चालन गर्नुपर्ने माग राखेका छन् । समस्या सामधानका लागि मुख्यमन्त्री राईले गत सोमबार सर्वदलीय छलफल राखेका थिए । तर बिना निष्कर्ष छलफल टुङ्गिएयता सत्तापक्षले प्रतिपक्षीसँग छलफल गरेको छैन ।

प्रदेश सरकारका प्रवक्ता कार्कीले जारी अधिवेशन अन्त्य गर्ने तयारी भएको बताए । विभिन्न कारणले संसदले काम गर्न नपाएको बताउँदै उनले बजेट अधिशेनका लागि हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी भएको जानकारी दिए ।

‘आजको बैठकपछि संसद स्थगित हुनसक्छ,’ उनले भने,‘ सम्भवत आजको बैठकमा मुख्यमन्त्रीले सम्बोधन गरेपछि बैठक स्थगित हुन्छ ।’ मुख्यमन्त्रीले सम्बोधन गर्न नपाएमा पनि प्रक्रिया पुर्याएर बैठक स्थगित गरिने उनले बताए ।

गत माघ ७ गतेबाट सुरु भएको प्रदेशसभा बैठक तीन महिनाको अवधिमा जम्मा सात पटक बसेको छ । तर बसेका बैठक पनि सत्ता पक्ष र प्रतिपक्षको अवरोधका कारण सहज हुन सकेन ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तापक्षले बैठक अवरुद्ध गरेको थियो । चैत २३ गते माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिए पनि प्रदेश सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न पाएको छैन ।

jackson ribon