birat ribon

तत्काल स्वदेश नफर्किए मलेसियामा लुकेर बसेका नेपालीलाई कारबाही हुने

Neuro
तत्काल स्वदेश नफर्किए मलेसियामा लुकेर बसेका नेपालीलाई कारबाही हुने

विराटनगर / विगत एक वर्षदेखि भ्रमण भिसामा मलेसियामा गई स्वदेश नफर्किएका नेपालीलाई कारबाहीको तयारी गरिएको छ ।

उनीहरुलाई तत्कला नेपाल फर्किन चेतावनी पनि दिइएको छ । यही वैशाख ९ गते बुधबार (२१ अप्रिल) सम्म मलेसिया छाड्नुपर्ने र नभए कारबाहीको भागिदार बन्न तयार रहनुपर्ने चेतावनी उनीहरुलाई दिइएको छ । मलेसिया सरकारले सन् २०२० को जनवरीबाट भिजिट भिसामा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकालाई २१ अप्रिल अर्थात् आगामी बुधबार ९ गतेसम्म देश छोड्न आदेश दिएको हो ।

cura insider

भ्रमण भिसामा मलेसिया गई रोजगारीमा लाग्न नसकेकाले अप्रिल २१ भित्र आफ्नो मुलुक वा कुनै तेस्रो मुलुक गइसक्नु पर्नेछ । २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेले मलेसियाको कडा अध्यागमन नियमानुसार कारबाही भोग्नुपर्नेछ । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाले भ्रमणमा जाने विदेशीलाई सुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भ्रमण भिसामा गएका विदेशी स्वदेश नफर्किनेको सङ्ख्या बढेपछि मलेसियाले २१ अप्रिलसम्मको अवधि दिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार उक्त अवधिभित्र स्वदेश फर्किने वा मलेसिया छोडेर अर्को देश जानेलाई मलेसिया अध्यागमनले सामान्य जरिवाना तिराएर सहयोग गर्नेछ तर त्यसपछि पनि मलेसिया बस्नेलाई भने धेरै जरिवाना तिराउन सक्नेछ । मलेसियामा रहेको नेपाली दूतावासले राहदानी नभएकाले दूतावासमा आई ३६० रिङ्गिट तिरेर ट्राभल डकुमेन्ट बनाउन सकिने जानकारी गराएको छ । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon