birat ribon

प्रधानमन्त्री ओलीका विषयमा जसपाभित्र कित्ताकाट

Neuro
प्रधानमन्त्री ओलीका विषयमा जसपाभित्र कित्ताकाट

विराटनगर / जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने वा नगर्ने भन्ने विषयको विवाद उत्कर्षमा पुगेको छ ।

ओली वा अन्य दलसँग साझेदारी गरेर अगाडि बढ्ने भन्ने विषयमा जसपाभित्र कुरा नमिल्दा दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ । संघीय प्रतिनिधिसभामा ३४ सांसद रहेको जसपामा कित्ताकाट सुरु भएको हो । ३४ मध्ये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन् । बाँकी ३२ सांसदमध्ये पूर्वराजपाबाट निर्वाचित १६ र पूर्वसमाजवादी पार्टीबाट निर्वाचित १६ जना छन् । गत वर्ष यी दुई पार्टी मिलेर जसपा बनेको हो ।

cura insider

जसपाभित्रको दुई लाइन विवादमा पूर्वराजपा खेमाका केही सांसदले पूर्वसमाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वसमाजवादीका केही सांसदले पूर्वराजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरलाई साथ दिएका छन् । जसपामा यादव र ठाकुर दुवै अध्यक्ष छन् । ओलीसँग मिल्नुपर्छ भन्ने लाइनको नेतृत्व ठाकुरले र मिल्नु हुँदैन भन्ने समूहको नेतृत्व यादवले गरेका छन् । नागरिक दैनिकमा समाचार छ

jackson ribon