birat ribon

सुरुङमार्ग घोषणाको तीन वर्षसम्म काम शून्य

Neuro
सुरुङमार्ग घोषणाको तीन वर्षसम्म काम शून्य

विराटनगर / प्रधानमन्त्री भएको डेढ महिना नबित्दै केपी शर्मा ओली राष्ट्रिय गौरवको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्न लामाबगर आए ।

चिनियाँ राजदूत र ऊर्जामन्त्री वर्षमान पुनलगायतको टोली लिएर आएका २ तिहाइका प्रधानमन्त्रीले अत्यन्तै उत्साहका साथ एक वर्षमा माथिल्लो तामाकोसी पूरा गर्ने र लामाबगर सुरुङमार्ग बनाएर चीन जोड्ने घोषणा नै गरे । लामाबगरमा प्रधानमन्त्री ओलीले घोषणा गरेको चैत २८ गते तीन वर्ष पूरा भयो ।

cura insider

उनले भ्रमण गर्दा ९५ प्रतिशत भौतिक प्रगति भएको माथिल्लो तामाकोसीको पाँच प्रतिशत काम न त अहिलेसम्म पूरा भयो न लामाबगर सुरुङमार्गको काम नै सुरु भयो । दुवै कामको घोषणाको प्रत्यक्ष साक्षी रहेका स्थानीय पेमानुर्बु शेर्पाले दुई तिहाइको प्रधानमन्त्रीले बोलेका कुरा त पूरा नभएको गुनासो गरे । प्रधानमन्त्रीले बोलेकै कुरा पूरा नहुने मुलुकमा अरुको त के विश्वास गर्नु भनेर उनले आफ्ना तर्क राखे । कारोबार दैनिकमा समाचार छ

jackson ribon