birat ribon

हैदरावादमाथि जित निकाल्दै मुम्बई शीर्ष स्थानमा

Neuro
हैदरावादमाथि जित निकाल्दै मुम्बई शीर्ष स्थानमा

विराटनगर / साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति सनराईजर्स हैदरावादलाई १३ रनले हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईस्थित एमए चिदम्बरममा भएको खेलमा मुम्बईले दिएको एक सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै एक सय ३७ रन मात्र बनाउन सक्यो ।

cura insider

हैदरावादका लागि जोनी बेयार्स्टोले ४३ रन बनाउँदा कप्तान डेभिड वार्नले ३६ रन जोडे । विजय शङ्करले २८ रन बनाउँदा विराट सिंहले ११ रन जोडे ।

मुम्बईका ट्रेन्ड बोल्ट र राहुल चाहरले ३–३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर एक सय ५० रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले ४० रन बनाउँदा केइरन पोलार्डले अविजित ३५ रन बनाए भने कप्तान रोहित शर्माले ३२ रन बनाए ।

हैदरावादका विजय शङ्कर र मुजिब उर रहमानले समान २–२ विकेट लिए ।

यससँगै मुम्बईले तीन खेलमा ४ अङ्क जोड्दै शीर्ष स्थान बनाएको हो । अङ्कविहीन हैदरावाद भने पुछारमा छ ।

jackson ribon