birat ribon

भारतमा झन् तीव्र रुपमा फैलँदै कोरोना, एकै दिन दुई लाख ६० हजार जनामा सङ्क्रमण

Neuro
भारतमा झन् तीव्र रुपमा फैलँदै कोरोना, एकै दिन दुई लाख ६० हजार जनामा सङ्क्रमण

विराटनगर / छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण झन् तीव्र रुपमा फैलँदै गइरहेको छ । सङ्क्रमण अचाक्ली रुपमा बढ्दा भारतमा जनजीवन नराम्ररी प्रभावित बनिरहेको छ ।

एकै दिन दुई लाख ६० हजार सात सय ७८ जनामा सङ्क्रमण पुष्टि भयो । यो सङ्ख्या भारतमा यसअघि २४ घण्टाभित्र भेटिने सङ्क्रमितको भन्दा उच्च हो । अघिल्लो दिन भारतमा दुई लाख ३३ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा अघिल्लो दिनको भन्दा २७ हजार बढीमा कोरोना देखियो ।

cura insider

भारतमा कोरोनाको फैलावट अचाक्ली हुँदा त्यसको उच्च जोखिममा खुला सीमा रहेको नेपाल परेको छ । नेपालमा पनि दैनिक कोरोना पुष्टि हुने सङ्ख्या वृद्धि भइरहेको छ । खुला सीमाका कारण भारतबाट हुने अवैध आवतजावतले नेपालमा कोरोना फैलने क्रम बढेर गएको अनुमान छ । भारतमा अहिलेसम्म एक करोड ४७ लाख ८२ हजार चार सय ६१ जनामा कोरोना पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये एक करोड २८ लाख तीन हजार सात सय ९१ जना उपचारपछि निको भएका छन् । १८ लाख एक हजार पाँच सय दुई जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टाभित्र भारतमा एक हजार चार सय ९५ सङ्क्रमितको मृत्यु भयो ।

भारतमा दैनिक ज्यान गुमाउने सङ्क्रमित पनि बढिरहेका छन् । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ७७ हजार एक सय ६८ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

पछिल्लो २४ घण्टामा भारतपछि ब्राजिलमा कोरोना पुष्टि हुने सङ्ख्या धेरै छ । एकै दिन ब्राजिलमा ६५ हजार सात सय ९२ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ३९ लाख एक सय ३४ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड २३ लाख ४४ हजार आठ सय ६१ जना उपचारपछि निको भएका छन् ।

११ लाख ८३ हजार तीन सय ८४ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । एकै दिन दुई हजार आठ सय ६५ सङ्क्रमितले ज्यान गुमाए । ब्राजिलमा हालसम्म कोरोनाबाट तीन लाख ७१ हजार आठ सय ८९ जनाको मृत्यु भइसकेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ६२ हजार नौ सय २४ जना नयाँ बिरामी भेटिए । सङ्क्रमित सङ्ख्या तीन करोड २३ लाख ७१ हजार चार सय ६२ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ४९ लाख दुई हजार पाँच सय ९२ जना उपचारपछि निको भएका छन् ।

६८ लाख ८८ हजार दुई सय ३९ जनाको उपचार जारी रहेकोमा नौ हजार सात सय ५७ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा सात सय १० जना सङ्क्रमितले ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोनाका कारण मृत्यु हुने अमेरिकी नागरिकको सङ्ख्या पाँच लाख ८० हजार छ सय ३१ पुगेको छ ।

विश्वमा एकै दिन सात लाख ७९ हजार छ सय ८७ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १४ करोड १२ लाख ९२ हजार नौ सय ८५ पुगेको छ । सङ्क्रमितमध्ये १२ करोड १५ हजार आठ सय १६ जना उपचारपछि निको भएका छन् ।

एक करोड ८२ लाख ५४ हजार ३० जनाको उपचार भइरहेकोमा एक लाख छ हजार आठ सय १२ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टाभित्र विश्वमा ११ हजार पाँच सय १७ जना सङ्क्रमितको ज्यान गयो । विश्वभर अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३० लाख २३ हजार एक सय ३९ पुगेको छ ।

jackson ribon