birat ribon

सिटीलाई हराउँदै चेल्सी फाइनलमा, जियचको निर्णायक गोल

Neuro
सिटीलाई हराउँदै चेल्सी फाइनलमा, जियचको निर्णायक गोल

विराटनगर / लन्डन क्लब चेल्सी एफए कपको फाइनलमा पुगेको छ । शनिबार राति भएको सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीलाई १–० गोलले हराउँदै चेल्सीले फाइनलमा स्थान बनाएको हो ।

वेम्ब्ली स्टेडियममा चेल्सीलाई जिताउन हाकिम जियचले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५५औँ मिनेटमा जियचले गोल गर्दै चेल्सीलाई जिताए ।

cura insider
Image

जितसँगै चेल्सी उपाधि नजिक पुगेको हो । अब चेल्सीले उपाधिका लागि लेइस्टर सिटी र साउथह्याम्टनबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । आज राति ११ः१५ बजे यी दुईले फाइनल प्रवेशका लागि खेल्दैछन् ।

jackson ribon