birat ribon

विराट गोल्डकप प्रतियोगितामा एपिएफको वर्चश्व

Neuro
विराट गोल्डकप प्रतियोगितामा एपिएफको वर्चश्व

विराटनगर । फाइनल खेलमा पञ्जाब पुलिसलाई १–० को झिनो अन्तरले पाखा लगाउँदै छैटौं संस्करणको विराट गोल्डकपको उपाधि उचाल्न सफल भएको नेपाली विभागिय टोली एपिएफले व्यक्तिगत उपाधिमा पनि वर्चश्व कायम गरेको छ ।

cura insider

एपिएफले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाेत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर र प्रशिक्षकको विधामा उपाधि जित्न सफल भएको छ । प्रतियोगिताको सात व्यक्तिगत र एक सामूहिक विधामध्ये उपाधि जितेको एपिएफ पाँच व्यक्तिगत विधा आफ्नो पोल्टोमा पार्न सफल भएको हो ।

एपिएफका गोलरक्षक राजु नगरकोटी प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक घोषीत हुँदा एपिएफकै सनिस श्रेष्ठ सर्वाेत्कृष्ट डिफेन्डर र मनि लामा सर्वोत्कृष्ट मिडफिल्डर घोषित भए । यसै सिजन एपिएफलाई तीन वटा प्रतियोगिता जिताउन सफल भएका एपिएफका प्रशिक्षक सुदिप श्रेष्ठ विराट गोल्डकप २०७७ का सर्वोत्कृष्ट प्रशिक्षक चुनिए ।

यी चार बाहेक एपिएफलाई फाइनलसम्म ल्याई उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका आशिष लामा प्रतियोगिताभरीकै सर्वाेत्कृष्ट खेलाडी घोषित भए । सर्वोत्कृष्ट खेलाडी घोषित भएका लामाले एक थान मोटरसाइकल, मेडल र नगद २५ हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा तीन खेल खेल्दै चार गोल गर्न सफल विराटनगर महानगरपालिका–११ का प्रकाश बुढाथोकी सर्वाधिक गोलकर्ता भए भने संकटाका फोडे फोफना सर्वाेत्कृष्ट फरवार्ड चुनिए ।

प्रतियोगिता अवधिभर निकै अनुशासित खेल प्रदर्शन गरेको विराटनगर महानगरपालिका–११ लाई आयोजक समितिले ‘फेयर प्ले टिम अर्वाड’ प्रदान गरेको छ ।

२०७७ चैत्र २६ गतेबाट सुरु भएको विराट गोल्डकपको छैटौं संस्करणको शुभारम्भ प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले गरेका थिए भने आज भएको समापन खेल र पुरस्कार वितरण कार्यक्रममा प्रदेश एकका प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ उपस्थित भएका थिए ।

jackson ribon