birat ribon

विराट गोल्डकपको फाइनलको पहिलो हाफसम्म एपिएफ अगाडि

Neuro
विराट गोल्डकपको फाइनलको पहिलो हाफसम्म एपिएफ अगाडि

विराटनगर । छैटौं संस्करणको विराट गोल्डकपको फाइनल खेल विराटनगरस्थित शहिद रंगशालामा जारी छ । खेलको पहिलो हाफ सकिँदा सम्म नेपाली विभागिय टोली एपिएफ १–० को अग्रता लिन सफल भएको छ ।


सुरुवातदेखि नै निकै आक्रामक देखिएको एपिएफले भारतीय विभागीय टोली पञ्जाव पुलिसको गोल पोस्टमा बारम्बार गोलको प्रयास गरिरहेको छ । पहिलो हाफको अन्त्यसम्म ११ पटक पञ्जाबको पोस्टमा गोल गर्न एपिएफले प्रयास गरे पनि खेलको १०औं मिनेटमा प्रदिप लामाले गोल गर्नु बाहेक अन्य खेलाडी सफल हुन सकिरहेका छैनन् ।

cura insider


सेमिफाइनलमा संकटाविरुद्ध अन्तिम समयमा रातो कार्ड पाएका पञ्जाबका कप्तान जयदिप सिंह र अर्का भरपर्दा रक्षक सर्वजित सिंह चोटका कारण टोलीमा पर्न नसक्दा पञ्जाबलाई रक्षापंक्ति सम्हाल्न निकै गाह्रो भइरहेको छ । एपिएफको पोस्टमा खासै गतिलो प्रहार गर्न नसकेको पञ्जाबले पहिलो हाफसम्म तीन वटा मात्रै प्रहार गर्न सफल भएको छ ।

पञ्जाबले केही प्रयास गरेपनि एपिएफका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरिरहेका छन् । यस्तै, पहिलो हाफसम्म निकै व्यस्त बनेका पञ्जाबका गोलरक्षक सतविर सिंहको प्रदर्शनी पनि उत्कृष्ट देखिएको छ ।


सेमिफाइनलमा आयोजक टोली विराटनगर–११ लाई ३–२ ले स्तब्ध बनाउँदै फाइनल प्रवेश गरेको एपिएफसँगको भेट पञ्जाब पुलिसले दोस्रो सेमिफाइनलमा संकटालाई १–० ले पराजित गर्दै पक्का गरेको थियो ।

jackson ribon