birat ribon

प्रदेश १ मा पहिलो पटक चलचित्र पत्रकारिता कार्यशाला आयोजना हुँदै

Neuro
प्रदेश १ मा पहिलो पटक  चलचित्र पत्रकारिता कार्यशाला आयोजना हुँदै

चलचित्र पत्रकार संघ सुनसरीले तीन दिने चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्ने भएको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथि रहने कार्यक्रमको सहजीकरण निर्देशक तथा समिक्षक दिपेन्द्र लामा, चलचित्र पत्रकार समीर बलामी र निर्देशक तथा पत्रकार भीषण राइले गर्ने सचिव सुमन भट्टराई ले जानकारी दिए । चलचित्र पत्रकारिता कार्यशाला प्रदेश १ मा पहिलो पटक आयोजना हुन लागेको हो ।

cura insider

चलचित्र पत्रकार संघ सुनसरीका अध्यक्ष विनोद विश्वकर्माले चलचित्र पत्रकारिता र यसको अवस्था, अन्तर्वाता र पापराजी, समाचार लेखन तथा समीक्षासम्बन्धी तालिम आयोजना गर्ने तयारी भइरहेको बताए। ‘चलचित्र पत्रकार संघको सुनसरी शाखा गठन भएसँगै सदस्य साथीहरूको हित र हामीले गर्दै आएको व्यावसायिक चलचित्र पत्रकारितालाई थप प्रभावकारी प्रखर बनाउनका निम्ती कार्यशालाको योजना बनाएका थियौं,’ उनले भने, ‘ मोफसलका चलचित्र पत्रकारहरूको क्षमता विकासको लागि प्रदेश १ मा पहिलो पटक हामी चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्दै छौ’ ।

भेडेटार भिलेज रिसोर्ट,भेडेटारमा हुने तीन दिने कार्यशाला बैशाख ६ गतेदेखी आठ गतेसम्म हुने छ।

jackson ribon