birat ribon

विराट गोल्ड कपः खेलको १० मिनेटमा नै एपिएफको अग्रता

Neuro
विराट गोल्ड कपः खेलको १० मिनेटमा नै एपिएफको अग्रता


विराटनगर । प्रदेश एक राजधानी विराटनगरमा जारी छैटौं संस्करणको विराट गोल्डकपको फाइनल खेलमा एपिएफले अग्रता लिएको छ ।

भारतीय क्लब पञ्जाव पुलिसविरुद्ध फाइनल खेलिरहेको एपिएफका लागि खेलको १०औं मिनेटमा जर्सी नं ७७ का प्रदिप लामाले गोल गर्दै एपिएफलाई अग्रता दिलाउन सफल भएका हुन् ।

cura insider

सुरुवातदेखि नै आक्रामक देखिएको एपिएफले १० मिनेटभित्र गोल गर्ने अन्य दुई वटा सुन्दर मौका गुमाएको थियो । नवौं मिनेटमा पञ्जावका लागि परमजित सिंहले पेनाल्टी बक्स नजिकैबाट प्रहार गरे पनि एपिएफका गोलरक्षक राजु नगरकोटीले त्यसलाई सजिलै बचाएका थिए ।

आजको फाइनल खेल जित्ने क्लबले नगद १५ लाख १५ हजार रुपैयाँ पाउने छ भने उपविजेताले सात लाख ५१ हजार रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।

jackson ribon