birat ribon

विराटनगरमा बढ्यो कोरोना सङ्क्रमण, शनिबार थपिए १६ जना

Neuro
विराटनगरमा बढ्यो कोरोना सङ्क्रमण, शनिबार थपिए १६ जना

विराटनगर । विराटनगरमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा महानगरपालिका भित्र ७ महिला र ९ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

शुक्रबार विराटनगरमा १४ जना सङ्क्रमण पुष्टि भएको थियो । बिहीबार ८, बुधबार १५, मंगलबार १३ र सोमबार ११ जनामा सङ्क्रमण पुष्टि भएको थियो । चैत अन्तिम सातायता विराटनगरमा कोरोना जाँच गर्ने र पोजेटिभ रिपोर्ट आउनेको सङ्ख्या बढ्दो क्रममा रहेको कोसी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले बताए ।

cura insider

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार प्रदेश भरी ३९ जना कोरोना सङ्क्रमित भेटिएका छन् । मोरङमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, गौरादह र अर्जुनधारामा १–१, इलामको सुर्योदय र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २४५ पुगेको छ ।

प्रदेश १ मा शनिबार २४३ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये १६ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

jackson ribon