birat ribon

एमसिसी सम्झौता अघि बढाउन सबै दललाई प्रधानमन्त्रीको आग्रह

Neuro
एमसिसी सम्झौता अघि बढाउन सबै दललाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधीन एमसिसी सम्झौतालाई अघि बढाउन सबै दलहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शनिबार संसदमा प्रतिनिधित्व गरेका दलहरूको छलफलमा उनले संसदमा लामो समयदेखि संसदमा विचाराधीन रहेको एमसिसी सम्झौतालाई पास गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

cura insider

बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले एमसिसीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरेको र केही दलबाहेक अन्य दलहरू त्यसमा सकारात्मक रहेको जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पनि एमसिसीलाई अघि बढाउने सम्बन्धमा आफूहरू सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीलाई टेबल गर्छौं भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताए ।

उनले एमसिसीलाई अघि बढाउने मात्रै नभई संसदलाई बिजनेस दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई भनेको बताए ।

नेता पौडेलका अनुसार संसदलाई बिजनेसविहीन नबनाउन र एमसिसी सम्झौतालाई संसदमा टेलब गरी छलफलमा ल्याउन पनि काङ्ग्रेसले अनुरोध गरेको छ । त्यसैगरी कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न, उपनिर्वाचन र उपसभामुखको निर्वाचन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले मुलुकका साझा समस्या समाधान गर्न आफू सधैँ तयार रहेको, वर्तमान सरकार राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिएको र राष्ट्रियताको सवालमा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारेका थिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा कोरोना महामारीविरुद्धको प्रतिकार्य, रिक्त भएका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र केही स्थानीय तहका स्थानमा गर्ने उपनिर्वाचन र संसदमा अड्किएको बिजनेसका विषयमा सर्वदलिय बैठकमा छलफल भएको र राजनीतिक दलका नेताहरूले कोरोना महामारी रोकथाममा सरकारले अझै सचेतता अपनाएर प्रभावकारी ढंगले काम गर्न सुझाव दिएको बताए ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी थिए ।

jackson ribon