birat ribon

त्रिकोणात्मक सिरिज : घरेलु मैदानमा नेपालको शानदार जित

Neuro
त्रिकोणात्मक सिरिज : घरेलु मैदानमा नेपालको शानदार जित

विराटनगर । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्स विरुद्ध शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको पहिलो खेलमा नेपालले शानदार जित निकालेको हो ।

टियु क्रिकेट मैदानमा १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गरेकाे थियाे ।

cura insider

नेपालका जितका लागि ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे । डेब्यु खेलमा दुबैले ११६ रनको साझेदारी गरे ।

कुशलले ४६ बलमा ५ चौका र ५ छक्का सहित ६२ रन जोडे । आसिफ ३८ बलमा ५४ रनसहित अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा अविजित रहे । खेलमा आसिफले ३६ र कुशलले ३० बलमा अर्धशतक पूरा गरेका गरे ।

jackson ribon