birat ribon

डेब्यू खेलमा भुर्तेलको अर्धशतक

Neuro
डेब्यू खेलमा भुर्तेलको अर्धशतक

विराटनगर । नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलले डेब्यू खेलमा अर्धशतक पुरा गरेका छन् । नेपालका ओपनर भुर्तेलले त्रिकोणात्मक टि२० आई सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।

नेपालबाट टि २० इन्टरनेसनलमा डेब्यू गरेर पहिलो खेलमा कम बलमा अर्धशतक पूरा गर्ने कुशल पहिलो खेलाडी बनेका छन् ।

cura insider

कुशलले ३० बलमा अर्धशतक प्रहार गरे । कुशलले आठौं ओभरको अन्तिम बलमा एक रन बटुल्दै अर्धशतक पूरा गरेका हुन् ।

यसअघि सन्दीप जोराले सन् २०१९ मा टी–२० अन्तर्राष्ट्रिय डेब्यूमै युएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

jackson ribon