birat ribon

सिर्जना

Neuro
सिर्जना
नवीन मनोहर

तिमी पवित्र नदी
उषाकालकी पूर्वीय धरती
हिमाच्छादित हिमालकी प्यारी छोरी
उर्वरा धरा
व्योमकी परी
अन्जान तपश्विनी कुनै निर्जन भूगोलकी
तिम्रो समिप म फगत
उदाश उदाश आकाश हुँ
निर्जन निर्जन टापु हुँ
सन्दर्भहरूले
यतिखेर तिमीलाई र मलाई
टाढा बनाए पनि
मनको फाटक
सधैँसधैँ खुला राखेको छ ।

समानताको घनघोर वर्षा हुँदा
पीडाका मन मझेरीमा
यो जीवनमा कति रुँदो हुँ
फगत्
कल्पनाको
धरोहर सम्झेर
पूर्वापर समयमा
इच्छाहरूको गोधुलीमा रमेर
म काव्यिक सिर्जना गर्न चाहन्छु
म इतिहासको सम्झना गर्न चाहन्छु ।

cura insider
jackson ribon