birat ribon

त्रिकोणत्मक सिरिज : नेपाललाई १३७ रनको लक्ष्य

Neuro
त्रिकोणत्मक सिरिज : नेपाललाई १३७ रनको लक्ष्य

विराटनगर । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दिएको हो । नेपालले केही समय पछि जवाफी ब्याटीङ थाल्नेछ ।

cura insider

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो ।

१२ रन जोड्दा २ विकेट गुमाएको नेदरल्यान्ड्सको पारी स्कट एडवार्ड्स र बास डे लिडले सम्हालेका थिए । तेस्रो विकेटका लागि उनीहरुले ६१ रनको साझेदारी गरे । शाहब आलमले एडवार्ड्सको विकेट लिएका थिए ।

१७औं ओभरको अन्तिम बलमा सन्दीपले बास डे लिडलाई आउट गरे ।

त्यसपछि कप्तान पिटर सिला र अन्टोनिओस स्टलले पाँचौ विकेटका लागि अविजित ३७ रनको साझेदारी गरे ।

नेपालका लागि सन्दीप लामिछाने ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १३ रन मात्र खर्चेर १ विकेट तथा स्पिनर शाहब आलमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए ।

jackson ribon