birat ribon

सर्वदलीय बैठक : सभामुखप्रति प्रधानमन्त्रीको आक्रोश, एमसिसीका विषयमा छलफल

Neuro
सर्वदलीय बैठक : सभामुखप्रति प्रधानमन्त्रीको आक्रोश, एमसिसीका विषयमा छलफल

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाकाे भूमिका प्रति आक्रोश व्यक्त गरेका छन् । एमसिसी पास गर्ने विषयमा सभामुखले असहयोग गरेको बताउँदै उनले शनिबार बालुवाटारमा बसेको ‘सर्वदलीय बैठक’मा सभामुख सापकोटाप्रति आाक्रोश व्यक्त गरेका हुन् ।

बैठकमा सभामुखले असंवैधानिक काम गरिरहेको ओलीले गुनासो गरेका थिए ।

cura insider

सर्वदलीय बैठकमा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपाको एउटा समूहका नेताहरु सहभागि थिएनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत सहभागी थिए ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा विभिन्न तीन एजेन्डामा छलफल भएको थियो । परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीपकुमार ज्ञवालीले कोरोना महामारी नियन्त्रण, उपनिर्वाचन र संसदमा अड्किएको विधेयकबारे छलफल भएको बताए ।

jackson ribon