birat ribon

प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार गरेका प्रचण्ड र नेपालबीच भेट

Neuro
प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार गरेका प्रचण्ड र नेपालबीच भेट

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । शनिबार प्रचण्डले नेपालसँग भेटघाट गरेका हुन् ।

शुक्रबार झापा पुगेका नेता नेपाल शनिबार बिहान काठमाडौं फर्किएका थिए । काठमाडौँ पुगेलगतै भेटघाट भएको हो । उनीहरूबीच कोटेश्वरको एक व्यापारीको घरमा भेट भएको थियाे ।

cura insider

शुक्रबार महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार जोगाउन एमाले नेता नेपालको पक्षका चार सांसदले फ्लोर क्रस गर्दै विश्वासको मत दिएका थिए ।

jackson ribon