birat ribon

नेपाल–अफ्रिका चलचित्र महोत्सवमा १८ चलचित्र देखाइने

Neuro
नेपाल–अफ्रिका चलचित्र महोत्सवमा १८ चलचित्र देखाइने

काठमाडौँ / नेपालमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) को आयोजना हुने भएको छ । यही १० देखि १२ वैशाखसम्म काठमाडौँको जमलस्थित सांस्कृतिक संस्थान नाचघरमा महोत्सब आयोजना हुन लागेको हो ।

कपनस्थित कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजनामा हुँदै आएको यो महोत्सवको नवौँ संस्करण हो । महोत्सबमा नेपाल र अफ्रिकाको सिनेमा तथा संस्कृतिका बारेमा एकदिने बहस हुने बताइएको छ । नेपाल र अफ्रिकाका सिनेकर्मीहरूले सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

cura insider

महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले नेपाल र अफ्रिकीबीच सांस्कृतिक आदान–प्रदानका लागि विगत नौ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको बताइन् ।

नेपाल अफ्रिका फिल्म फेस्टिबलका निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सवमा नेपालबाट सातवटा चलचित्र चयन भएका छन्, जसमा एउटा वृत्तचित्र र बाँकी लघु चलचित्र छन् ।

नेपालबाट निर्देशक गणेश पाण्डेको को हज्बेन्ड, निर्देशक हिमाल उप्रेतीको आमा, निर्देशक माधवराज खरेलको दुर्गामान्डु, गणेशजङ्ग रावलको सम्साया, सजल लोप्चनको गाइड, पुरुषोत्तम बस्नेतको सुरक्षा, निपिल शर्माको द फाइनल फेयर वेल र युनिषराज उप्रेतीको बाटोमा चलचित्र छानिएका छन् ।

महोत्सवमा ७० वटा चलचित्रमध्ये जम्मा १८ वटा लामा–छोटा चलचित्र चयन भएका छन् ।

jackson ribon