birat ribon

प्रतिवादमा उत्रन उपप्रधानमन्त्री पोखरेलको आव्हान

Neuro
प्रतिवादमा उत्रन उपप्रधानमन्त्री पोखरेलको आव्हान

काठमाडौँ / उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन् ।

शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलापविरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन् ।

cura insider

जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्यविरुद्ध प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए । निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने बताएका हुन् ।

सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने, जनतामा निराशा फैलाउने र अस्तव्यस्त सिर्जना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए ।

उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनीतिक खिचातानीले कामै गर्न नसकिने वातावरण सिर्जना भएको बताए । स्थीर सरकार भएमात्र सामाजिक, आर्थिक र भौतिक पूर्वाधार तथा समग्र विकासका काम गर्न सकिने उनको तर्क थियो ।

उनले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाइने पनि बताए । उनले स्थानीयस्तरमा हुने विकास निर्माणलाई राजनीतिक रुपमा नहेर्न आग्रह गरे । राजनीतिक रुपमा प्रतिस्पर्धा भए पनि विकास निर्माणमा मिलेर लाग्नुपर्नेमा उनले जोड दिए ।

jackson ribon