birat ribon

तमिल अभिनेता विवेकको निधन

Neuro
तमिल अभिनेता विवेकको निधन

विराटनगर / तमिल फिल्मका अभिनेता विवेकको ५९ वर्षको उमेरमा निधन भएको छ ।

चेन्नईस्थित भाडापालनीको सिमस अस्पतालमा शनिबार उनको निधन भएको हो । शुक्रबार बिहान अचानक हृदयघात भएपछि विवेकलाई अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।

cura insider

अस्पताल भर्ना भएको एक दिनअगाडि (बिहीबार) विवेकले कोभिड भ्याक्सिन लगाएका थिए । तर उनको निधन हुनुको कारण र कोभिड भ्याक्सिनबीच केही सम्बन्ध नरहेको भारतीय मिडियामा उल्लेख गरिएको छ ।

विवेकको क्यारियर ९० को दशकपछि अगाडि बढेको हो र लगभग दुई दशकसम्म स्थीर रह्यो । उनको कमेडीले तमिलमा मात्र होइन हिन्दी दर्शकमाझ पनि छुट्टै लोकप्रियता बनाएको छ । फिल्म ‘अपरिचित, सिङ्घम, शिवजी’ जस्ता थुप्रै हिट फिल्मले दर्शकमाझ उनको लोकप्रियता बढाएको थियो । सन् २००९ मा केन्द्र सरकारले विवेकलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेको थियो ।

jackson ribon