birat ribon

प्रधानमन्त्री निवासमा बस्दै सर्वदलीय बैठक

Neuro
प्रधानमन्त्री निवासमा बस्दै सर्वदलीय बैठक

विराटनगर / प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बिहान ११ बजे सर्वदलीय बैठक बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बस्ने भएको हो । संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक विषयमाथि छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको स्रोतले बतायो ।

cura insider

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबं पार्टीका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । तर जनता समाजबादी पार्टी (जसपा)का संघस्य परिषद अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने बैठकमा निमन्त्रणा गरिएको छैन ।

निमन्त्रणाका लागि प्रधानमन्त्री ओलीले हिजो नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि आफै टेलिफोन गरेका थिए । ओली नेतृत्वको सरकार ढाल्न प्रचण्ड, जसपाको बाबुराम–उपेन्द्र पक्षले कांग्रेसलाई दवाव दिएपछि सभापति शेरबहादुर देउवाले पहल लिइरहेका बेला तथा प्रदेशमा एमाले नेतृत्वका सरकारमाथि धमाधम अविश्वासका प्रस्तावहरु आइरहेका बेला ओलीले बोलाएको सवंदलीय बैठकलाई चासो पूर्वक रुपमा हेरिएको छ ।

यसैबीच बैठकमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ भने नजाने भएका छन् । बैठक सिंहदरबारमा नबोलाइएका कारण उनी नजाने भएका हुन् । यसअघि माधवकुमार नेपालले पनि बालुवाटारमा बोलाएको बैठकमा सहभागि हुन नस्क्ने बताएका थिए ।

jackson ribon