birat ribon

नाइजेरियामा ६५ हजार सर्वसाधारण विस्थापित

Neuro
नाइजेरियामा ६५ हजार सर्वसाधारण विस्थापित

विराटनगर / नाइजेरियामा ६५ हजार सर्वसाधारण आन्तरिक रुपमा विस्थापित भएको एउटा अध्ययनले देखाएको छ ।

विद्रोही जिहादी समूहको लगातारको आक्रमणका कारण विस्थापित हुने बढी रहेका छन् । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने दमासाकबाट उनीहरु विस्थापित भएको संयुक्त राष्ट्रसंघीय निकायका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। स्वघोषित इस्लामिक स्टेटका लडाकूहरूले यही हप्ता मात्रै बोर्नो राज्यमा तीन पटक आक्रमण गरेका थिए।

cura insider

उनीहरूले सुरक्षाकर्मीहरूलाई आक्रमण गर्ने, घर तथा राष्ट्रसंघीय कार्यालयहरूमा आगजनी गर्ने गरेका छन् । आक्रमणमा परेर कम्तीमा १२ जनाको ज्यान गएको छ । नाइजेरियामा सबैभन्दा पछिल्लो हिंसात्मक घटना गत बुधबार भएको थियो। उक्त घटनामा विद्रोही जिहादी समूहले सुरक्षाकर्मीहरूमाथि व्यापक आक्रमण गरेको थियो ।

‘सबैभन्दा पछिल्लो आक्रमणको घटना यही अप्रिल १४ तारिखका दिन भएको थियो, यो घटना पछिल्लो सात दिन भित्र भएको तेस्रो घटना थियो,’ संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयका प्रवक्ता बाबार बालोचले भने। उनले गाउँका झण्डै ८० प्रतिशत मानिस आन्तरिक रूपमा विस्थापित भएको जानकारी दिएका छन्।

बस्दै आएको ठाउँमा बस्न नसकेर विस्थापित भएकाहरू क्षेत्रीय राजधानी मैदुगुरी र त्यस वरपरका अन्य ठाउँहरूमा गएका छन्। ‘नाइजेरियाको वोर्नो प्रदेशमा मानिसहरुलाई असुरक्षासँगै धेरै चुनौतीहरू बढ्दै गएपछि उनीहरु विस्थापित हुन बाध्य भएका हुन्,’ उनले भने। आक्रमणकारीहरूका कारण धेरै मानिसले अस्थायी रुपमा विस्थापित हुनुको विकल्प नरहेको अधिकारीहरूले बताएका छन्।

jackson ribon