birat ribon

भारतमा थपिएका सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड, नेपाल उच्च जोखिममा

Neuro
भारतमा थपिएका सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड, नेपाल उच्च जोखिममा

विराटनगर / नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा नयाँ थपिएका कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि दैनिक थपिने सङ्क्रमितको सङ्ख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा दुई लाख ३३ हजार नौ सय ४३ जना नयाँ सङ्क्रमित थपिएका छन् । भारतमा एकै दिन यति धेरै कोरोना सङ्क्रमित थपिएको यो नै पहिलो हो ।

cura insider

भारतमा सङ्क्रमण तीव रुपमा फैलिन थालेपछि खुला सीमा रहेको नेपाल त्यसको उच्च जोखिममा परेको छ । सरकारी तवरबाट सीमानाका बन्द गरिएको भए पनि विभिन्न स्थान हुँदै दुई देशबीच हुने अवैध आवतजावत रोकिएको छैन । सीमा क्षेत्रमा खटिएका सीमित सङ्ख्याका सुरक्षाकर्मीले अवैध अवातजावत रोक्न सकिरहेका छैनन् ।

आवतजावतले नेपालमा पनि भारतबाटै कोरोना फैलिने जोखिम बढेको सरकारी अधिकारीको भनाइ छ । नेपालमा सङ्क्रमण फैलन नदिन र कोरोनाबाट बच्न सीमा क्षेत्रबाट भारततिर हुने अवैध आवतजावत रोकिनु पर्ने तथा सबैले उच्च सावधानी अपनाउनुपर्ने सरकारी अधिकारीको भनाइ छ । नत्र नेपाल पनि तीव्र रुपमा कोरोना फैलने मुलुक बन्ने र त्यसले महामारीको रुप लिँदा अवस्था भयावह बन्ने चेतावनी अधिकारीहरुले दिएका छन् ।

यसअघि पनि नेपालमा कोरोनाको सङ्क्रमण भारतबाटै फैलिएको हुनसक्ने आशङ्का गरिएको छ । खुला सीमाको फाइदा उठाउँदै गरिने गतिविधी कोरोना फैलने मुख्य आधार बन्नसक्ने बताइएको छ । भातरमा हालसम्म एक करोड ४५ लाख २१ हजार छ सय ८३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये एक करोड २६ लाख ६६ हजार आठ सय ८९ जना उपचारपछि निको भएका छन् ।

१६ लाख ७९ हजार एक सय २१ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारतमा पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८८ जना सङ्क्रमितले ज्यान गुमाए । अहिलेसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ७५ हजार छ सय ७३ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon