birat ribon

प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान

Neuro
प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले संसद्मा रहेका सबै राजनीतिक दललाई सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरिएको बताए ।

cura insider

बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद् अधिवेशन, बढ्दो कोरोना संक्रमण तथा रोकथामलगायतका समसामयिक विषयमा छलफल हुने जानकारी थापाले दिए । पछिल्ला केही दिनयता प्रदेश सरकारहरू अस्थिर बन्न लागिरेको र नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन तीन दिनभित्र फिर्ता लिने तयारी गरेको भनेकै भोलिपल्टै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon