birat ribon

असिनाले धनकुटामा तरकारी नष्ट

Neuro
असिनाले धनकुटामा तरकारी नष्ट

विराटनगर / धनकुटामा करिव दुई हजार घरपरिवार किसानले लगाएको बन्दाकोभी, काउली, आलु, मटरकोसा, सागलगायत तरकारी बाली असिनाले नष्ट बनाएको छ।

त्यस्तै, रोप्न तयारी अवस्थामा रहेका वेर्नालाई असिनाले क्षति पुर्याएको छ । असिनाले किसानका टनेल घरका प्लास्टिक मात्रै होइन किसानका घरको टिनको छानोसमेत प्वाल बनाइदिएको छ। सुलभ ऋण तथा वचत सहकारी संस्था सिँधुवाका अध्यक्ष मेघेन्द्र गुरुङले किसानले रायो र मटरकोसाको ६० प्रतिशत बाली लिइसकेको बताए। अहिले क्षति भएको ४०/४० प्रतिशत मात्रै हो। अगुवा काउली किसानले टिप्न मात्रै लागेका थिए। काउलीमा शतप्रतिशत क्षति पुगेको छ।

cura insider

बिहीबार अपराह्न ४ः३० देखि ५ः३० बजेसम्म एक घण्टा लगातार असिनपानी परेको थियो। तरकारीले बालीले हरियाली देखिएको डाँडा एकै छिनमा सेताम्मे भएको थियो। सबैले वित्तीय संस्थाबाट ऋण लिइ तरकारी बालीमा लगानी गरेका छन्। सरकारले वित्तीय संस्थाको किस्ता केही महिना सार्न, केही प्रतिशत ब्याज मिनाहा र विउविजन उपलब्ध गराउन सके पीडित किसानलाई केही हदसम्म राहत हुने अपेक्षा किसानको छ । अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon