birat ribon

आजबाट त्रिकोणात्मक सिरिज : नेपाल र नेदरल्यान्ड्स भिड्दै

Neuro
आजबाट त्रिकोणात्मक सिरिज : नेपाल र नेदरल्यान्ड्स भिड्दै

विराटनगर / आजबाट नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी–ट्वान्टी सिरिज हुँदै छ । टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजको उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्सले खेल्ने छन् । यो खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । तर चोटका कारण नेपाली टिममा पूर्व–कप्तान पारस खड्का हुने छैनन् । नेदरल्याड्स भने पिटर सीलारको कप्तानीमा मैदान उत्रने छ

cura insider

आगामी ११ वैशाखसम्म हुने सिरिज डबल राउण्ड रोबिनको आधारमा हुनेछ । सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएपछि प्रशिक्षक डेभ वाटमोरको यो पहिलो प्रतियोगिता हुनेछ ।

jackson ribon