birat ribon

कोपा डेल रे : उपाधिका लागि बार्सिलोना र एथ्लेटिक बिल्बाओ भिड्दै

Neuro
कोपा डेल रे : उपाधिका लागि बार्सिलोना र एथ्लेटिक बिल्बाओ भिड्दै

विराटनगर / स्पेनिस कोपा डेल रेको उपाधिका लागि सर्वाधिक धेरै ३० पटकको विजेता टोली बार्सिलोनाले एथ्लेटिक बिल्बाओको सामना गर्दै छ । आज नेपाली समयानुसार राति १ः१५ बजे हुने फाइनल खेल सेभिल्लास्थित स्टेडियो डी कार्टुजामा हुनेछ ।

बार्सिलोना र एथ्लेटिकले पुनः एक पटक फाइनल खेल खेल्दै छ । यसअघि बार्सिलोना र एथ्लेटिकले सुपर कपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा एथ्लेटिकले बार्सिलोनालाई ३–२ गोलले हराउँदै उपाधि उचालेको थियो । सोही हारको बदला लिने दाउमा बार्सिलोना रहनेछ ।

cura insider

बिल्बाओले लेभान्टेमाथि समग्रमा ३–२ को जितसहित फाइनलमा स्थान बनाएको हो । बार्सिलोनाले भने सेभिल्लालाई समग्रमा ३–२ गोलको जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

Image

मेस्सी रेकर्ड कायमै राख्ने दाउमा

यस खेलमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी आफ्नो रेकर्ड कायमै राख्ने दाउमा हुनेछन् । एथ्लेटिकविरुद्ध तीन फाइनल खेल खेल्दा मेस्सीले चार गोल र एक असिस्ट गरेका छन् । यो एथ्लेटिकविरुद्ध अरू खेलाडीको भन्दा धेरै हो ।

यसैगरी, मेस्सीले सबै प्रतियोगिता गरी एथ्लेटिकविरुद्ध जम्मा ४० खेल खेलेका छन्, जसमा उनले २६ गोल र ७ असिस्ट गरेका छन् । यो कोपा डेल रेमा अरू क्लबभन्दा बढी हो । बार्सिलोनाले एथ्लेटिकमाथि जित निकाल्दै ६ पटक कोपा डेल रेको उपाधि जितेको छ । जसमा मेस्सीको अहम भूमिका छ ।

मेस्सीले यसै सिजन भएको सुपर कपको फाइनल खेल्दा बार्सिलोनाको करिअरमा सबैभन्दा पहिलो रेड कार्ड पाएका थिए ।

jackson ribon