birat ribon

एभर्टन र टोटनह्यामको बराबरी

Neuro
एभर्टन र टोटनह्यामको बराबरी

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा एभर्टन र टोटनह्याम हटस्परले बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा एभर्टन र टोटनह्यामले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

एभर्टनको मैदानमा घरेलु टोलीका लागि गिल्फी सिगुरोसोनले दुई गोल गर्दा टोटनह्यामका कप्तान ह्यारी केनले पनि दुई गोल गरे । खेलमा टोटनह्यामले सुरुआती अग्रता बनाएको थियो ।

cura insider

केनले २७औँ मिनेटमा गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । ३१औँ मिनेटमा सिगुरोसोनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।

६२औँ मिनेटमा सिगुरोसोनले दोस्रो गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । तर ६८औँ मिनेटमा केनले दोस्रो गोल गरेपछि खेल बराबरीमा सकियो ।

बराबरीसँगै सातौँ स्थानको टोटनह्यामले ३२ खेलमा ५० अङ्क जोड्यो । आठौँ स्थानको एभर्टनले ४९ अङ्क बनायो । एभर्टनले टोटनह्यामभन्दा एक खेल कम खेलेको छ ।

jackson ribon