birat ribon

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ करोड नाघ्यो, ज्यान गुमाउने ३० लाखभन्दा बढी

Neuro
विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ करोड नाघ्यो, ज्यान गुमाउने ३० लाखभन्दा बढी

विराटनगर / विश्वमा शनिबार बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १४ करोड नाघेको छ ।

एकै दिन आठ लाख २२ हजार पाँच सय ६१ जना नयाँ बिरामी थपिएका छन् । हालसम्म सङ्क्रमित सङ्ख्या १४ करोड चार लाख ९७ हजार चार सय ९५ पुगेको छ । सङ्क्रमितमध्ये ११ करोड ९४ लाख ८७ हजार नौ सय १२ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

cura insider

एक करोड ८० लाख ९८ हजार एक सय ७२ जनाको उपचार जारी छ । उपचाररतमध्ये एक लाख सात हजार ५४ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा विश्वमा १२ हजार चार सय २४ कोरोना सङ्क्रमितको मृत्यु भयो । विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० लाखभन्दा बढी पुगेको छ ।

विश्वमा हालसम्म ३० लाख ११ हजार चार सय ११ जना सङ्क्रमितको मृत्यु भइसकेको हो । विश्वमा दिन प्रतिदिन कोरोना सङ्क्रमित थपिने क्रम बढेर गएको छ । विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याइसक्दा पनि सङ्क्रमण तीव्र रुपमा फैलने क्रम रोकिएको छैन । दैनिक कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ७८ हजार तीन सय ७२ जना नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या तीन करोड २३ लाख दुई हजार पाँच सय ११ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ३२ हजार दुई सय ८३ जना उपचारपछि निको भएका छन् ।

६८ लाख ९० हजार तीन सय २३ जनाको उपचार भइरहेकोमा नौ हजार सात सय ४५ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित आठ सय ५० जना अमेरिकी नागरिकको मृत्यु भयो । अमेरिकामा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख ७९ हजार नौ सय पाँच पुगेको छ ।

छिमेकी मुलुक भारतमा एकै दिन दुई लाख ३३ हजार नौ सय ४३ जना नयाँ बिरामी थपिए । भारतमा एकै दिन फेला परेका सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च हो । जम्मा एक करोड ४५ लाख २१ हजार छ सय ८३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये एक करोड २६ लाख ६६ हजार आठ सय ८९ जना उपचारपछि निको भएका छन् ।

१६ लाख ७९ हजार एक सय २१ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारतमा पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८८ जना सङ्क्रमितले ज्यान गुमाए । अहिलेसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ७५ हजार छ सय ७३ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन ७६ हजार दुई सय ४९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ३८ लाख ३४ हजार तीन सय ४२ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड २२ लाख ९८ हजार आठ सय ६३ जना उपचारपछि घर फर्किएका छन् । ११ लाख ६६ हजार चार सय ५५ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा तीन हजार ७० सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या अन्य मुलुकमा ज्यान गुमाएका सङ्क्रमितको भन्दा उच्च हो । ब्राजिलमा अहिलेसम्म कोरोनाका कारण तीन लाख ६९ हजार २४ सङ्क्रमितको मृत्यु भइसकेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon