birat ribon

सुर्खेतबाट धरान आउँदै गरेको बस दुर्घटना : पाँच जनाको मृत्यु, सातको अवस्था गम्भीर

Neuro
सुर्खेतबाट धरान आउँदै गरेको बस दुर्घटना : पाँच जनाको मृत्यु, सातको अवस्था गम्भीर

विराटनगर । सुर्खेतबाट धरानका छुटेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका– १२ मा टिपरसँग ठोक्किँदा ५ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मे १ ख ३३४७ नम्बरको बस र बालुवा बाेकेर विपरीत दिशाबाट आइरहेको अनटेष्ट टिपर ठोक्किएका थिए । दुर्घटनामा ३७ जना घाइते छन् । घाइते मध्ये बसमा सवार सात जनाको अवस्था गम्भीर छ ।

cura insider

शुक्रबार विरेन्द्रनगरबाट धरानका लागि छुटेको बस करिब ६ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा टिपरका चालकसहित दुईजना र बसमा सवार तीनजना गरी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

jackson ribon