birat ribon

विराटनगरमा १४ कोरोना सङ्क्रमित भेटिए, प्रदेशमा ३३ जना

Neuro
विराटनगरमा १४ कोरोना सङ्क्रमित भेटिए, प्रदेशमा ३३ जना

विराटनगर विराटनगरमा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा मात्रै १४ जना कोरोना सङ्क्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार शुक्रबार प्रदेश १ मा ३३ जना कोरोना सङ्क्रमित भेटिएका थिए । मन्त्रालयका अनुसार मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी, र उदयपुरमा २–२मा सङ्क्रमण देखिएको थियो । प्रदेश १ मा दाेस्राे लहर सुरू भएपछि धेरै सङ्क्रमित शुक्रबार फेला परेका हुन् ।

cura insider

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १–१ जनामा सङ्क्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२, दमकमा १, भोजपुरको अरुणमा २ र भोजपुर नगरपालिकामा १, सुनसरीको इटहरी र हरिनगरमा १–१, उदयपुरको उदयपुरगढी र कटारीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय १५ पुगेको छ । प्रदेश १ मा आज २९४ जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो ।

jackson ribon