birat ribon

क्राइम थ्रिलर ‘अघोरी’ बन्दै

Neuro
क्राइम थ्रिलर ‘अघोरी’ बन्दै

विराटनगर / सुजन मानन्धरको निर्देशनमा नयाँ वेब सिरिज निर्माण हुने भएको छ । सिरिजको नाम ‘अघोरी’ राखिएको छ । क्राइम थ्रिलर जन्रामा निर्माण हुने सिरिजमा अभिनेता रेमनदास श्रेष्ठको मुख्य भूमिका रहनेछ ।

रेमनसँगै सिरिजमा सुमन चित्रकार श्रेष्ठ, सपना तामाङ, किरण स्याङ्ग्तान, सिरन बज्राचार्य, निश्चल जुङ्गलगायतका कलाकारको अभिनय रहनेछ । रिकेश मानन्धरको सङ्गीत र निश बज्राचार्यको छायाङ्कन रहने ‘अघोरी’को कथा सुमन चित्रकार श्रेष्ठले लेखेका हुन् ।

cura insider
jackson ribon