birat ribon

आज नौ सय जनामा कोरोना सङ्क्रमण

Neuro
आज नौ सय जनामा कोरोना सङ्क्रमण

विराटनगर / नेपालमा शुक्रबार नौ सय जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार एक सय ५८ परीक्षण गर्दा नौ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयले पाँच हजार पाँच सय ३७ पिसिआर र छ सय २१ एन्टिजेन परीक्षण गरिएको जनाएको छ । पिसिआर परीक्षण गराएकामध्ये आठ सय ३६ जना र एन्टिजेन परीक्षण गराएकामध्ये ६४ जनामा कोरोना पुष्टि भएको हो ।

cura insider

यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार आठ सय ९० पुगेको छ ।

यस्तै आज दुई सय आठ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार आठ सय १२ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ रहेको मन्त्रालयले जनाएको छ ।

यता, पछिल्लो २४ घण्टामा चार सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ७० पुगेको छ ।

jackson ribon