birat ribon

कोपा डेल रे : एथ्लेटिकविरुद्ध मेस्सीको यस्तो तथ्याङ्क

Neuro
कोपा डेल रे : एथ्लेटिकविरुद्ध मेस्सीको यस्तो तथ्याङ्क

विराटनगर / अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले बार्सिलोनाको जितमा पहिलेको जस्तो निर्णायक भूमिका निभाउन नसकेतापनि उनमा अझै यसको सामर्थ्य छ । अझ फाइनलमा उनको तथ्याङ्क उत्कृष्ट छ । विशेषगरी एथ्लेटिक बिल्बाओविरुद्धको फाइनल खेलमा मेस्सीको तथ्याङ्क राम्रो छ ।

अब, मेस्सीले पुनः एथ्लेटिकसँग कोपा डेल रेको फाइनल खेल खेल्दै छन् । शनिबार राति सेभिल्लास्थित स्टेडियो डी कार्टुजामा बार्सिलोना र एथ्लेटिकले पुनः एक पटक फाइनल खेल खेल्दै छ ।

cura insider

यसअघि बार्सिलोना र एथ्लेटिकले सुपर कपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा एथ्लेटिकले बार्सिलोनालाई हराउँदै उपाधि उचालेको थियो । सोही हारको बदला लिने दाउमा बार्सिलोना रहनेछ ।

यस्तै, मेस्सी भने उक्त खेलमा आफ्नो आश्चर्यजनक तथ्याङ्कलाई कायमै राख्ने दाउमा हुनेछन् । एथ्लेटिकविरुद्ध तीन फाइनल खेल खेल्दा मेस्सीले चार गोल र एक असिस्ट गरेका छन् । यो एथ्लेटिकविरुद्ध अरू खेलाडीभन्दा धेरै हो ।

यसैगरी, मेस्सीले सबै प्रतियोगिता गरी एथ्लेटिकविरुद्ध जम्मा ४० खेल खेलेका छन्, जसमा उनले २६ गोल र ७ असिस्ट गरेका छन् । यो कोपा डेल रेमा अरू क्लबभन्दा बढी हो ।

बार्सिलोनाले एथ्लेटिकमाथि जित निकाल्दै ६ पटक कोपा डेल रेको उपाधि जितेको छ । जसमा मेस्सीको अहम भूमिका छ ।

मेस्सीले यसै सिजन भएको सुपर कपको फाइनल खेल्दा बार्सिलोनाको करिअरमा सबैभन्दा पहिलो रेड कार्ड पाएका थिए ।

jackson ribon