birat ribon

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई विश्वासको मत

Neuro
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसले समर्थन गरेपछि शुक्रबार प्रदेशसभाकाे बैठकमा शाहीले विश्वासको मत प्राप्त गरेका हुन् । ३७ जना सदस्य रहेको प्रदेशसभामा शाहीले २२ मत प्राप्त गरे । उनको विपक्षमा १५ मत परेको थियो ।

cura insider

प्रदेशसभामा शाहीको दल नेकपा माओवादी केन्द्रका १२ जना सांसद छन् । नेपाली कांग्रेसको ६ जना सांसद छन् । दुई दलको मतले मात्रै नपुग्ने भएपछि नेकपा एमालेका चार जना सांसदले फ्लाेर क्रस गर्दै शाहीलाई विश्वासको मत दिएका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा जम्मा २२ मत परेको र उक्त संख्या प्रदेशसभामा कायम रहेको सदस्य संख्याको बहुमत भएको सभामुख राजबहादुर शाहीले घोषणा गरे ।

jackson ribon