birat ribon

सुपारी आयात–निर्यातबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

Neuro
सुपारी आयात–निर्यातबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौँ / राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति समितिले सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ । शुक्रबार बसेको समितिको बैठकले सो विषयमा अध्ययन गर्न रमेशजङ्ग रायमाझीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

सरकारको नजिकका व्यापारीलाई मन्त्रीस्तरीय निर्णयबाट २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिइएको बारे समितिमा सांसदहरूले प्रश्न उठाएपछि यसबारे अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय भएको हो ।

cura insider

समिति सदस्य रायमाझीले सुपारी निर्यातमा नीतिगत भ्रष्टाचार भएको भन्दै त्यसबारे अध्ययन गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका थिए । ‘१ किलो सुपारीमा एक सय ५० रुपैयाँ फाइदा हुन्छ । २५ हजार मेट्रिक टन आयातका लागि तीन सय ८४ वटा फार्मले एप्लाई गरेकामध्ये सरकारसँग नजिक भएका केहीले मात्रै अनुमति पाएका छन्,’ रायमाझीले भने, ‘त्यो सुपारी नेपालमा खपत गर्न ल्याइएको होइन । यहाँ ल्याएको पेपर देखाउने, भारतमा बेच्नका लागि । यस्तो गतिविधिमा खुलेआम क्याबिनेटले निर्णय गरेर अर्बौंँको भ्रष्टाचार गरिरहेको छ ।’

त्यसैगरी, समिति सदस्य दिनानाथ शर्माले सुपारी आयातका सम्बन्धमा भएको भनिएको नीतिगत भ्रष्टाचारका विषयमा अध्ययन गरी सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिए । सुपारी आयातका लागि दिइएको अनुमतिबारे बुझ्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

jackson ribon