birat ribon

कोरोना भ्याक्सिन लगाएका तमिल अभिनेता विवेक अस्पताल भर्ना

Neuro
कोरोना भ्याक्सिन लगाएका तमिल अभिनेता विवेक अस्पताल भर्ना

विराटनगर / चर्चित तमिल अभिनेता विवेक अस्पातल भर्ना भएका छन् । शुक्रबार बिहान हृदयघात भएपछि उनलाई चेन्नईको एउटा निजी अस्पतालको सघन देखभाल इकाईमा भर्ना गरिएको भारतीय मिडियामा उल्लेख गरिएको छ ।

उनको अवस्था निकै नाजुक रहेको बताइएको छ । विवेकका प्रवक्ताले बिहानदेखि अहिलेसम्म हेर्दा उनको स्वास्थ्यमा सुधार आउँदै गरेको जानकारी दिएका छन् । तर मिडिया रिपोर्टका अनुसार विवेकलाई हाल आइसियुमा भर्ना गरिएको छ ।

cura insider

विवेकले बिहीबार कोभिड भ्याक्सिनको पहिलो डोज लगाएका थिए । भ्याक्सिन लगाएको भोलिपल्ट नै विवेक अस्पतालमा भर्ना भएका हुन् । यता, उनका प्रवक्ताले कोभिड भ्याक्सिनका कारण यस्तो नभएको स्पष्टीकरण दिएका छन् ।

हास्य कलाकार विवेकले तमिलसँगै हिन्दी दर्शकहरूमाझ पनि छुट्टै लोकप्रियता बनाएका छन् ।

jackson ribon