birat ribon

त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक

Neuro
त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक

विराटनगर / शनिबारबाट सुरु हुन गइरहेको नेपाल मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक भएको छ । शुक्रबार नेपाल क्रिकेट सङ्घ (क्यान)ले पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो ।

नेपालले मलेसिया र नेदरल्यान्डबीचको त्रिकोणात्मक टी–२० शृङ्खला टियु क्रिकेट मैदानमा ४ देखि ११ वैशाखसम्म सिरिज खेल्दै छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

cura insider

नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएपछि प्रशिक्षक डेभ वाटमोरको यो पहिलो प्रतियोगिता हुनेछ ।

jackson ribon