birat ribon

असिना पानीले रतुवामाईका किसानको लाखौँको क्षति

Neuro
असिना पानीले रतुवामाईका किसानको लाखौँको क्षति

रतुवामाई / बिहीबार राति हावाहुरीसँगै आएको असिना पानीले मोरङको रतुवामाई नगरपालिकाका कृषकले लगाएको बाली नष्ट हुँदा लाखौँको क्षति भएको छ । करिब एक घण्टा परेको असिना पानीले रतुवामाई नगरपालिका क्षेत्रमा कृषकहरूले लगाएको बाली नष्ट हुँदा सो क्षति भएको हो ।

असिना पानीले रतुवामाई–९ को कृषि सहकारी संस्थाका सदस्य किसान र स्थानीय किसानले लगाएको चैते धान, मकै, काँक्रा, टमाटर, खोर्सानीलगायत नष्ट हुँदा लाखौँको क्षति भएको हो ।

cura insider

असिना पानीका कारण भएको क्षतिको संस्थाका तर्फबाट विवरण सङ्कलन गर्ने काम पनि भइरहेको कृषि सहकारी संस्थाका व्यवस्थापक सुरेश गौतमले जानकारी दिए । क्षतिको विवरण सङ्कलन गरेर रतुवामाई नगरपालिका, कृषि शाखा र कृषि विकाश निर्देशनालय विराटनगरमा बुझाइने उनले बताए ।

स्तैरतुवामाई नगरपालिका–९ भौडाहामा युथ इटहरा एग्रोग्रुप प्रालिले सञ्चालन गरेको कृषि खेतीमा लाखौँको क्षति गरेको छ । असिना पानीले ग्रुपले एक बिगाहा क्षेत्रफलमा लगाएको खरबुजा, भिन्डी, दुई कट्ठा क्षेत्रफलमा लगाइएको रायोको साग, पाँच कट्ठा क्षेत्रफलमा लगाइएको टमाटर खेती नष्ट भएको हो ।

jackson ribon