birat ribon

पारस खड्काले त्रिकोणात्मक सिरिज गुमाउने

Neuro
पारस खड्काले त्रिकोणात्मक सिरिज गुमाउने

विराटनगर / नेपाली राष्ट्रिय टोलीका पूर्व–कप्तान पारस खड्काले शनिबारबाट सुरु हुन गइरहेको नेपाल मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिज गुमाउने भएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत पारसले चोटका कारण सिरिज गुमाउने जनाएका हुन् ।

गत आइतबार अभ्यासको क्रममा चोट लागेको र चिकित्सकले २÷३ हप्ताको ‘रिहाब’मा जान सुझाव दिएकोले सिरिजमा खेल्न नसक्ने खड्काले उल्लेख गरेका छन् ।

cura insider

नेपालले २०७८ वैशाखको पहिलो साताबाट त्रिदेशीय सिरिज खेल्दैछ । नेपालले मलेसिया र नेदरल्यान्डबीचको त्रिकोणात्मक टी–२० शृङ्खला टियु क्रिकेट मैदानमा ४ देखि ११ वैशाखसम्म सिरिज खेल्दैछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएपछि प्रशिक्षक डेभ वाटमोरको यो पहिलो प्रतियोगिता हुनेछ ।

jackson ribon