birat ribon

कोभिडको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको अनुरोध

Neuro
कोभिडको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ / कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने अधिकार स्थानीय तह तथा जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ठाउँविशेषको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने अथवा बन्द गर्ने भन्ने निर्णय स्थानीय तहले र डिसिसिएमसीले गर्न सक्ने बताएको छ । शुक्रबार मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बिहीबार स्वास्थ्य मन्त्रालयले जारी गरेको अपिलप्रति गम्भिर ध्यानाकर्षण भएको बताए ।

cura insider

स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर स्थानीय परिवेशअनुसार भौतिकरूपमा अथवा वैकल्पिकरूपमा शिक्षण जारी राख्ने निर्णय मन्त्रालयले गरिसकेको पनि उनले जानकारी दिए । मन्त्रालयले शिक्षण संस्थाभित्र सभा समारोह, वार्षिकोत्सवजस्ता भिडभाड हुने कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ ।

‘कोभिड सङ्क्रमणको पुनः बढ्दो अवस्थामा अर्को निर्णय नभएसम्म स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अवलम्बन गरेर स्थान विशेष र जिल्ला विशेषमा डिसिसिएमसीको निर्णय र स्थानीय परिवेशअनुसार भौतिक अथवा वैकल्पिक दुवै विधिहरूलाई जारी राख्नसक्ने हामीले निर्णय गरेका छौँ,’ सचिव थपलियाले भने, ‘परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र कुनै पनि सभा, समारोह, वार्षिकोत्सवजस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्नु, नगराउनुहुन हामीले सम्बन्धित सबै पक्षलाई आग्रह गर्ने निर्णय गरेका छौँ ।’

विद्यालय सञ्चालन गर्दा ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ अनुरूपको सिकाइका विभिन्न विधि अवलम्बन गर्न मन्त्रालयले आग्रह गरेको छ । प्रतिकूल परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिनसमेत मन्त्रालयले आग्रह गरेको छ । सचिव थपलियाले भने, ‘विद्यालय सञ्चालन गर्दा मन्त्रालयबाट जारी भएको ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ अनुसार गर्न अभिभावक, शिक्षक, सम्बन्धित विद्यालय सबैलाई आग्रह गरेका छौँ ।’

jackson ribon