birat ribon

सिल भयो काठमाडौँ प्लाजा

Neuro
सिल भयो काठमाडौँ प्लाजा

काठमाडौँ / नेपाल ट्रस्टले काठमाडौँ प्लाजा सिल गरेको छ । काठमाडौँ प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमासम्म पनि खाली नभएपछि ट्रस्टले बिहीबार प्लाजा सिल गरेको हो ।

सिल गरेपछि काठमाडौँ प्लाजा सुनसान बनेको छ । प्लाजाभित्रका कार्यालय तथा पसलहरू पूर्ण रूपमा बन्द भएका छन् ।

cura insider

प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैङ्कले भने केही दिनमै कार्यालय सार्ने प्रतिवद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौँ प्लाजामै रहेको मुक्तिनाथ विकास बैङ्कलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ ।

सो भवन नेपाल ट्रस्टले काठमाडौँ महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको छ ।

jackson ribon