birat ribon

कर सचेतनाका लागि कामनपाद्वारा सडक नाटक प्रदर्शन

Neuro
कर सचेतनाका लागि कामनपाद्वारा सडक नाटक प्रदर्शन

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट सडक नाटक सुरु गरेको छ ।
करदातालाई दबाब दिएर नभई सकारात्मक सन्देशसहित कर तिर्ने वातावरण निर्माण होस् भन्ने हेतुले काठमाडौँ महानगरपालिकाले ‘आनुसुकी घरबेटी बा सडक नाटक’ सुरु गरेको हो ।

महानगरपालिकाले पहिलो चरणमा काठमाडौँ महानगरपालिकाभित्रका वसन्तपुर, कालिमाटी, कलङ्की, चाबहिल, गौशाला, नयाँबानेस्वरलगायतका १० स्थानमा सडक नाटक गर्न लागेको हो ।

cura insider

शुक्रबार बसन्तपुर, कालिमाटी र कलङ्कीमा सडक नाटक भएको छ । सडक नाटकमार्फत कर तिर्दा हुने फाइदा र नतिर्दा हुने बेफाइदाको विषयलाई देखाइएको छ ।

काठमाडौँ महानगरपालिकाका राजस्व विभाग प्रमुख डाक्टर शिवराज अधिकारीले करदातालाई कर र दबाबमा कर तिर्नुभन्दा स्वतःस्फुर्तरूपमा कर तिर्नुपर्छ भन्ने अभियानअन्तर्गत सडक नाटक मञ्चन गरिएको बताए ।

कानुनमा करसम्बन्धी के व्यवस्था छ, कर कसरी तिर्नुपर्छ, समयमै कर तिर्दा के कस्तो छुट पाउन सकिन्छ भन्ने कुरालाई केन्द्रित गरेर सडक नाटक गरिएको पनि उनले बताए ।

महानगरपालिकाले पहिलो पटक सडक नाटकमार्फत करसम्बन्धी सचेतना फैलाउन लागेको पनि अधिकारीले जानकारी दिए । पहिलो चरणमा आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारमा नाटक देखाइने र विस्तारै सबै स्थानमा नाटक गरिने उनको भनाइ छ ।

jackson ribon