birat ribon

बिहीबार मोरङ र झापाका केही स्थानमा परेको असिना–पानीले लाखौँको बालीनाली नष्ट

Neuro
बिहीबार मोरङ र झापाका केही स्थानमा परेको असिना–पानीले लाखौँको बालीनाली नष्ट

विराटनगर / बिहीबार साँझ हावाहुरीसँगै परेको असिना–पानीले झापा र मोरङका केही स्थानमा क्षति पुर्‍याएको छ । असिनाले किसानले लगाएका बालीनाली नष्ट पारेर लाखौँको क्षति पुर्‍याएको छ । झापाको पश्चिम दक्षिण क्षेत्र गौरादह, गौरीगञ्ज र मोरङको पूर्वी दक्षिण क्षेत्र रतुवामाईलगायतका स्थानमा असिना–पानीले ठूलो क्षति पुर्‍याएको हो ।

हावाहुरीपछि करिब परेको असिना–पानीले रतुवामाई–९ का किसानले लगाएको चैते धान, मकै, काँक्रा, टमाटर, खुर्सानीलगायतका बाली नष्ट हुँदा लाखौँको क्षति भएको छ । असिना–पानीबाट भएको क्षतिको यकिन विवरण आइनसके पनि यसबाट लाखौँ रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण सङ्कलन कार्य भइरहेको छ ।

cura insider

रतुवामाई नगरपालिका–९ भौडाहामा युथ इटहरा एग्रोग्रुप प्रालिले सञ्चालन गरेको कृषि खेतीमा लाखौँको क्षति गरेको छ । असिना–पानीले ग्रुपले एक बिघा क्षेत्रफलमा लगाएको खरबुजा, भिन्डी, दुई कट्ठा क्षेत्रफलमा लगाएको रायोको साग, पाँच कट्ठा क्षेत्रफलमा लगाएको टमाटर खेती नष्ट गरेको छ । असिना–पानीले १५ लाख रुपैयाँबराबरको उत्पादन मूल्य क्षति भएको ग्रुपका अध्यक्ष प्रकाश कार्कीले बताए ।

असिना–पानीले यस क्षेत्रका किसानको चैते धान, तरकारी खेतीलगायतमा ठूलो क्षति पुर्‍याएको रतुवामाई नगरपालिकाको कृषि शाखाले जनाएको छ । असिना–पानीले पुरै बाली नष्ट गरेपछि किसानहरूले सरकारसँग क्षतिपूर्तिको माग गरेका छन् ।

jackson ribon