birat ribon

मेस्सीले कीर्तिमान बनाउँदा लगाएको बुट अक्सनमा

Neuro
मेस्सीले कीर्तिमान बनाउँदा लगाएको बुट अक्सनमा

विराटनगर / बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमान बनाउँदा लगाएको बुट अक्सनमा राखिएको छ । मेस्सीले बार्सिलोनाका लागि छ सय ४४औँ गोल पूरा गर्दै रेकर्ड बनाउँदा लगाएका बुट अक्सनमा राखिएको हो ।

मेस्सीले अक्सनका लागि म्युजियो नेसनल डी आर्टलाई उक्त बुट प्रदान गरेका छन् । डी आर्टले अक्सनबाट उठेको रकम बार्सिलोनामा कला र स्वास्थ्य क्षेत्रमा लगानी गरिने बताएको छ ।

cura insider

बार्सिलोना क्लबको इतिहासमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने रेकर्ड मेस्सीको नाममा छ । मेस्सीले फुटबलका महान हस्ती पेलेको कीर्तिमान भङ्ग गर्दै उक्त रेकर्ड आफ्नो नाममा सारेका हुन् ।

२२ डिसेम्बर २०२० मा भाल्लाडोलिडसँगको खेलमा एक गोल गर्दै ३३ वर्षीय मेस्सीले पेलेको एकै क्लबका लागि सबैभन्दा बढी गोलको कीर्तिमान भङ्ग गरेका हुन् । ब्राजिली महान फुटबलर पेलेले सान्टोसका लागि १९ सिजनमा ६ सय ४३ गोल गरेका छन् ।

उनी सन् १९५६ देखि १९७४ सम्म सान्टोसमा आबद्ध रहेका थिए । मेस्सीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । मेस्सीले बार्सिलोनाबाट दस ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि हात पारेका छन् ।

अक्सनबारे बोल्दै मेस्सीले भने, ‘एउटै क्लबका लागि ६ सय ४४ गोल गर्दा मलाई खुसी मिलेको छ । महत्वपूर्ण कुरा मेरो कारणले बालबालिकालाई राम्रो स्वास्थ्य सेवा मिलोस् भन्ने हो, म चाहन्छु कि यो अक्सनले एउटा जनचेतना फैलाउने काम गरोस् ।’

jackson ribon