birat ribon

प्रधानमन्त्री राष्ट्रहितविरुद्धका गतिविधिमा संलग्न भएको प्रचण्डको आरोप

Neuro
प्रधानमन्त्री राष्ट्रहितविरुद्धका गतिविधिमा संलग्न भएको प्रचण्डको आरोप

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् ।

शुक्रबार ‘बागमती प्रदेश कँराते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हितविपरीतका गतिविधि गर्ने काम भएको बताएका हुन् ।

cura insider

प्रधानमन्त्री राष्ट्रिय हितविपरीतका गतिविधिमा संलग्न भएका खबरहरू आएको भन्दै उनले सो खबरले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न चिह्न खडा गर्ने दुस्साहस भएको बताए । नेपालीहरूलाई राष्ट्रहितविरोधी षडयन्त्र स्वीकार नभएको पनि अध्यक्ष दाहालको भनाइ छ ।

‘तानाशाही र निरङ्कुश शक्तिहरूको कसरत र षड्यन्त्र नेपाल र नेपाली जनताविरुद्ध चलिराखेको छ,’ उनले भने, ‘राष्ट्रिय हितविपरीत गतिविधि गर्ने, नेपाल र नेपाली जनताको इज्जत, प्रतिष्ठा र उनीहरूको आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्नचिह्न खडा गर्ने दुस्साहस भएको छ ।’

अध्यक्ष प्रचण्डले केही मानिसले सङ्घीयतालाई खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने सपना देखेको पनि बताए । तर परिवर्तनलाई उल्ट्याउने कुरा नेपाली जनतालाई मान्य नहुने उनको भनाइ छ । ‘अहिले पनि केही मानिसले त्यस्तो सपना देख्छन्,’ उनले भने, ‘जुन कुरा नेपाली जनतालाई मान्य छैन ।’

jackson ribon